एच आई भिको गलत नतिजा आएपछि क्वीन्सल्याण्ड बिश्वबिद्यालयको कोरोना विरुद्धको खोप रद्द

मोरीसन सरकारले क्विन्सल्याण्ड बिश्वबिद्यालयको खोपको विकास रद्द भए पनि वैकल्पिक करिब ३० करोड कोरोना डोज सुरक्षित गरेको बताएको छ ।

Prime Minister Scott Morrison is seen during a tour of the University of Queensland Vaccine Lab in Brisbane, Monday, October 12, 2020.

Prime Minister Scott Morrison is seen during a tour of the University of Queensland Vaccine Lab in Brisbane, Monday, October 12, 2020. Source: AAP

क्वीन्सल्याण्ड बिश्वविद्यालयको पहिलो चरणको परीक्षणमा रहेको सम्भावित खोप लगाएका केही मानिसमा एच आई भि पोजेटिभको  गलत रिपोट देखिएपछि उक्त खोपको अनुसन्धान प्रक्रिया रद्द गरिएको छ ।

यो संगै सङ्घीय सरकारले अस्ट्रेलियामा विकास भइरहेको सम्भावित कोरोनाको खोपको ५ करोड डोज किन्ने सम्झौता खारेज गरेको हो  ।

क्विन्सल्याण्ड विश्वविद्यालय र बायोटेक्नोलोजी कम्पनीले बिहीबार शुक्रवार बिहान पहिलो परीक्षणका क्रममा केही व्यक्तिमा एच आई भि भएको गलत नतिजा देखाएपछि अर्को चरणमा नजाने घोषणा गरेको हो ।

राष्ट्रिय सुरक्षा समितिले वैज्ञानिकहरूको सल्लाहमा क्विन्सल्याण्ड बिश्वबिद्यालयको खोप खरिद गर्ने सम्झौता रद्द गर्ने निर्णय गरेको छ ।
"कोभिड महामारीको आफ्नै नियमहरू लेख्छ,हामीले यसका लागि नियम  लेख्नु पदैन” प्रधानमन्त्री मोरीसनले शुक्रवार बिहान पत्रकारहरू सँग भने ।

"हाम्रो खोप रणनीति र वैज्ञानिकहरूको सल्लाहमा चार वटा खोपहरू पहिचान गरिएको थियो ,जुन तिन चरणको परीक्षण पछि अस्ट्रेलियामा उपलब्ध हुने आशा गरिएको थियो ” मोरीसनले भने ।

क्विन्सल्याण्ड विश्वविद्यालय संगको सम्झौता रद्द भएपछि मोरीसनले घोषणा गरे की सरकारले अर्को  कम्पनी एस्ट्रा जानेकाले विकास गदै गरेको खोपको थप २ करोड डोज सुरक्षित गर्नेछ ,यसै गरी नोभाभ्याक्सका अतिरीत्त १ करोड ४० लाख खोपहरू खरिद गरिनेछन् ।

अस्ट्रेलियाले हाल १४ करोड भ्याक्सिनका लागि सम्झौता गरिसकेको छ । स्वास्थ्य मन्त्री ग्रेग हन्टले  यो सम्पूर्ण जनतालाई चाहीने खोप भन्दा धेरै भएको बताए ।

उनी भन्छन् “यो विश्वमै खोप खरिदको सबैभन्दा उच्च अनुपात हो।  ”

“क्विनसल्याण्ड विश्वविद्यालय सँगको सम्झौता रद्दको प्रक्रिया आपसी र वैज्ञानिक प्रक्रियाको आधारमा भएको हो ” उनले भने ।

क्विन्सलयाण्डकी प्रिमीयर एनेस्थेसिया पालासेले एबिसि सँगका कुराकानीका क्रममा आफू निराश भएको प्रतिक्रिया दिएकी छन् ।
“वास्तवमै हामी यतिखेर निराश बनेका छौ, अहिले सबैका आँखा बेलायतमा खोप सुरु भए पनि के हुदैछ भन्नेमा केन्द्रित छ” उनले भनिन् ।

खोप निर्माण गरिरहेको कम्पनी र क्विन्सल्याण्ड विश्वविद्यालयले  संयुक्त रूपमा ए एस एक्सलाई वक्तव्य मार्फत पहिलो चरणमा सहभागी भएका २ सय १६ जनामा कुनै स्वास्थ्य समस्या नदेखिए पनि एच आई भिको गलत रिर्पोट आएका कारण दोस्रो र तेस्रो चरणको परीक्षणमा अगाडी नबढ्ने बताएको छ ।
 
भ्याक्सिनलाई पुनः विकास गरी त्रुटिलाई हटाउन सकिने भए पनि यो छोटो समयमा हुन नसक्ने भ्याक्सिन विकासको नेतृत्व गरिरहेका पाउल योङले बताए ।

मेरीसन सरकारले आउँदो वर्षको सुरुवातमा सर्वसाधारणमा खोप सुरु गर्ने बताएको छ । उता बेलायतमा भने फाईजर र बायोनटेक कम्पनीका खोप सर्वसाधारणलाई दिन सुरु भइसकेको छ ।
आफ्नो भाषामा कोरोना भाइरस बारे पछिल्ला जानकारी र स्वास्थ्य एवं सहायता सेवाहरूको बारेमा जान्न मा जानुहोस्।


Share
Published 11 December 2020 10:00am
Updated 11 December 2020 10:13am
By SBS News
Presented by SBS Nepali
Source: SBS


Share this with family and friends