न्यु साउथ वेल्स र भिक्टोरियाका लागि वेस्टर्न अस्ट्रेलियाको सीमा खुले तापनि प्रतिबन्धहरू फेरी लागु गर्न सकिने

वेस्टर्न अस्ट्रेलियाले आफ्ना यात्रा प्रतिबन्धहरू हटाए तापनि परिस्थिति अनुसार फेरी कडा गर्न सक्ने राज्यका प्रिमियर मार्क म्याकगोवनले बताएका छन्।

A Queensland police officer stops a motorist at a checkpoint at Coolangatta on the Queensland-New South Wales border, Friday, May 22, 2020.

A Queensland police officer stops a motorist at a checkpoint at Coolangatta on the Queensland-New South Wales border, Friday, May 22, 2020. Source: AAP

वेस्टर्न अस्ट्रेलियाले नौ महिनाको अवधि पछि न्यु साउथ वेल्स र भिक्टोरियाका बासिन्दाहरूलाई क्वारेन्टिन बिना राज्यमा प्रवेश गर्न दिएको छ। 
 
१४ दिन आइसोलेसनमा बस्नु पर्ने नियम हटाउँदै यी दुई राज्यहरूलाई "अधिक कम जोखिम भएका स्थान" भनी तोकिएको छ। यस सँगै अहिलेका लागि साउथ अस्ट्रेलियामा मात्र यात्रा प्रतिबन्धहरू रहेका छन्। 
 
आउँदो शुक्रबारदेखि साउथ अस्ट्रेलियालीहरू पनि वेस्टर्न अस्ट्रेलिया भित्रन पाउने छन्, तर उनीहरू सेल्फ क्वारेन्टिनममा बस्नु पर्ने हुन्छ। 

त्यस्तै, एडिलेडमा आउँदा दिनहरूमा कुनै पनि अज्ञात श्रोत भएका सङ्क्रमणका मामिला देखा नपरे, एडिलेड बासीहरू शनिबारदेखि क्वीन्सल्यान्ड भित्रन पाउने छन्। 
 
क्रिसमस नजिकिँदै जाँदा वेस्टर्न अस्ट्रेलियाको सीमा पुनः खोल्ने घोषणाले मानिसहरूलाई आफ्ना परिवार एवं इष्टमित्रसँग भेटघाट गर्न दिने छ। तर सङ्क्रमणको दर बढेमा भने सीमा प्रतिबन्ध फेरी लागु गर्न सकिने उक्त राज्यका प्रिमियर मार्क म्याकगोवनले बताए। 
 
अहिलेको परिस्थिति सजिलो भए तापनि विमानस्थल तथा युक्ला र कुनुनुर्राका सीमा चेकपोइन्टमा प्रहरी उपस्थित रहने उनले बताए। 
 
"सीमा प्रतिबन्ध फेरी पनि कडा बनाउनु परेमा, हामीले तुरुन्तै गर्नेछौँ।", उनले भने। 
WA Premier Mark McGowan
Western Australia Premier Mark McGowan speaks to the media during a press conference in Perth, Friday, May 1, 2020. Source: AAP

त्यस्तै, अन्य राज्यहरूको जस्तो हटस्पटलाई तोकेर कदम चाल्ने नियम वेस्टर्न अस्ट्रेलियामा लागु नगरिने पनि उनले बताए। 
 
सिड्नीका एक होटेल क्वारेन्टिन कर्मचारीमा कोभिड-१९ देखा परे यता अन्य सामुदायिक सङ्क्रमण नदेखिए पछि वेस्टर्न अस्ट्रेलियाले यात्रा प्रतिबन्ध हटाएको हो। 
 
त्यस्तै, केही दिन अघि सिड्नी प्रवेश गरेका दुई जर्मनीका यात्रुहरू क्वारेन्टिन नबसी मेलबर्न प्रवेश गरे पछि जोखिम उत्पन्न भएको थियो। ती यात्रुहरू कोभिड-१९ सङ्क्रमित नभएको दुई पटक परीक्षणद्वारा पुष्टि भइसकेको छ, र न्यु साउथ वेल्स पुलिसले उक्त घटनाको लागि जिम्मेवारी लिएको छ। 
यही घटनालाई निर्देशित गर्दै प्रिमियर म्याकगोवनले भने, "यस घटनाबाट कोभिड अझै पनि जोखिम नै रहेको छ भन्ने देखिन्छ, त्यसैले हाम्रो सीमामा अझै पनि नियन्त्रण कायम नै रहने छ।"
 
वेस्टर्न अस्ट्रेलियाले नोभेम्बर १४ देखि यात्रा प्रतिबन्धहरू खुकुलो बनाए देखि ३०,००० व्यक्तिहरू अन्य राज्यहरूबाट प्रवेश गरिसकेका छन्। 

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ।

भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस् - न्यू साउथ वेल्स,भिक्टोरिया,क्विन्ल्यिाण्ड,वेस्र्टन अस्ट्रेलिया,नदर्न टेरीटरी,एसीटी,तास्मेनिया।



Share
Published 8 December 2020 11:26am
Updated 8 December 2020 11:28am
By SBS Nepali
Source: AAP, SBS

Share this with family and friends