अस्ट्रेलियामा बसोबास: विद्यालयहरूमा बालबालिकामा हुने एलर्जीलाई कसरी व्यवस्थापन गरिन्छ?

Children eating lunch at school.

Children eating lunch at school. Credit: Juice Images/Echo

Get the SBS Audio app

Other ways to listen

खाना सम्बन्धी एलर्जी भएका आफ्ना बालबालिकालाई विद्यालय पठाउन विशेष गरी अस्ट्रेलिया भर्खरै आएका अभिभावकहरूका लागि निकै चुनौतीपूर्ण हुन सक्छ।


प्रमुख बिषय:
  • खाना सम्बन्धी एलर्जी हुने मुलुकहरूमा अस्ट्रेलिया अगाडी छ
  • एक्सन प्लानले स्पष्ट रूपमा एलर्जीको व्यवस्थापनमा मद्दत गर्दछ
  • सरकारी औषधि साहयता योजना अन्तर्गत एड्रानालिन उपलब्ध छ
खाना सम्बन्धी विभिन्न किसिमका एलर्जी हुने मुलुकहरूमा अस्ट्रेलिया अग्रपङ्गपतिमा आउँछ, यहाँका प्रत्येक दुई शिशु मध्ये एकलाई खानाको एलर्जी देखिने न्यु साउथ वेल्सको फुड अथोरीटीले जनाएको छ।

यस्तै अवस्था वयस्कहरूमा पनि छ, जहाँ प्रत्येक एक सय मध्ये दुई जनामा यस्तो समस्या देखिन्छ।

एलर्जी वा एनाफिल्याक्सीस भनिने शरीरले अति संवेदनशिलता देखाउने परिस्थतीबाट गुज्रिरहेका बालबालिकालाई विद्यालय पठाउनु अभिभावकहरूका लागि निकै चुनौतीपूर्ण हुन जान्छ।

अझ, भर्खरै अस्ट्रेलियाका आएका मानिसहरूलाई विद्यालय वा चाइल्डकेयरहरुले यसलाई कसरी व्यवस्थापन गर्छन् भन्ने थाहा नहुँदा झनै समस्या हुने देखिन्छ।

एलर्जीको व्यवस्थापनका लागि अभिभावक, विद्यालय र चिकित्सकबिचमा राम्रो समन्वय हुनु जरुरी हुन्छ।

एलर्जी एन्ड एनाफिल्याक्सीस अस्ट्रेलियाकी प्रमुख कार्यकारी मारिया सेड, अस्ट्रेलियामा एलर्जीको व्यवस्थापन उचित ढङ्गले गरिने बताउँछिन्।

तर सुरुमा राम्रो र ज्ञान भएको चिकित्सक खोज्नु आवश्यक हुने उनको भनाई छ।

“एलर्जी कुरा गर्दा, यस विषयमा ज्ञान भएको राम्रो चिकित्सकको खाँचो हुन्छ, आफूलाई विश्वास लाग्ने र रोगका बारेमा बुझेको डाक्टर खोज्ने र उनीहरूको निगरानी र सुझावमा चल्नु पर्दछ,” उनले भनिन्।


एक्सन प्लान: एलर्जी हुँदा अपनाइने उपचार विधि र तालिका

एलर्जी वा एनाफिल्याक्सीस भएका आफ्ना बालबालिकालाई विद्यालय वा हेरचाह केन्द्रमा पठाउँदा, अभिभावकहरूले बालबालिकाको अवस्था र एक्सन प्लान भनिने चिकित्सकले प्रदान गरेको आवश्यक पर्दा गर्नु पर्ने उपचार विधिको तालिका पनि उपलब्ध गराउनु पर्दछ।

अस्ट्रेलियन सोसाइटी अफ क्लिनिकल इम्युनिलोजी एन्ड एलर्जीका, (एएससिआइए) अनुसार एक्सन प्लान यस्तो एउटा स्वास्थ्य दस्ताबेज हो, जसले एलर्जी पहिचान गर्न र व्यवस्थापन गर्न स्पष्ट र प्रमाणमा आधारित जानकारी प्रदान गर्दछ।

उक्त कागजात उपचार गर्ने चिकित्सक वा क्लिनिकल नर्सद्वारा हस्ताक्षर गरेको हुनु पर्ने बताइएको छ।

सिड्नी चिल्ड्रेन हस्पिटलकी डाक्टर केटी फ्रिथ, बालबालिकाहरूमा एलर्जी र इम्युनोलोजिमा दक्षता राख्छिन्।

उनका अनुसार यस्ता उपचार तालिकाहरू रङ्गका आधारमा पनि छुट्टाइन्छन्।

रातो रङ्गका एक्सन प्लानहरूमा एड्रीनालिन इन्जेकटरहरु सिफारिस गरिएका हुन्छन्, र यस्ता बालबालिका एनाफलाक्सीसको निकै जोखिममा हुन्छन्।

हरियो रङ्गको एक्सन प्लानमा रहेकामा चाहिँ एड्रीनालिन इन्जेकटर प्रयोग गर्नु नपरे पनि एलर्जीको जोखिममा चाहिँ रहन्छन्।

विद्यालयहरूले यस्ता एक्सन प्लानहरूको कलर कपि राख्नु जरुरी हुने पनि डाक्टर फ्रिथको भनाई छ।

यस्ता एक्सन प्लानहरू अस्ट्रेलियन सोसाइटी अफ क्लिनिकल इम्युनिलोजी एन्ड एलर्जीको वेबसाइटमा पनि राखिएका छन्।

एक्सन प्लानहरूको मिति समाप्त नहुने भए तापनि नियमित रूपमा चिकित्सकले निगरानी भने गरी रहनु पर्ने डाक्टर फ्रिथले बताइन्।
preschool kids
Source: AAP


अस्ट्रेलियाभर निर्देशनहरू लागु

गत वर्ष, अस्ट्रेलियाका विद्यालय एवम् हेरचाह केन्द्रहरूमा एनाफिलेक्सिस रोकथाम र व्यवस्थापनका लागि उत्तम अभ्यासका दिशानिर्देशहरू जारी गरिएका थिए।

सेडका अनुसार उक्त दिशानिर्देश जारी गरिनुको मुख्य उद्देश्य चाहिँ एलर्जीका बारेमा जानकार हुनु भन्ने हो।

कुनै पनि कसिमका नट एवम् अण्डा जस्ता खाद्य पर्दाथलाई बन्देज गरेर सुरक्षित छु भन्नुभन्दा यसका बारेमा राम्रो जानकारी भए यसबाट बच्न सजिलो हुने उनको भनाई छ।

यता सन्तानलाई खानेकुरामा एलर्जी भएका अभिभावकहरूले पनि आफ्ना सन्तानलाई यसका बारेमा राम्ररी बुझाउँदा परिस्थिति सहज हुने धारणा राख्छन्।

यस्तै एक अभिभावक नोभिया च्यान जसका सन्तान ट्रिस्टीन थुप्रै खानामा एर्लजिक छन्, उनी आफ्नो छोराका लागि केही नियमहरु बनाइदिएको बताउँछिन्।

म ट्रिस्टीनलाई अरूले दिएको नखान भन्छु, खान मन लागि हाल्यो र कुनै नयाँ वस्तु छ भने म कहाँ लिएर आउन र मैले नट, डेरी वा अण्डा छ कि छैन भनेर जाँच गरेर मात्र दिन्छु भनेकी छु
नोभिया च्यान


ट्रिस्टीनको विद्यालयमा पनि एलर्जी भएका विद्यार्थीहरुको एक्सन प्लान सबैले देखिने गरी राखिएको छ।

“भाग्यवश विद्यालयमा खाना बाढेर खान मनाही गरिएको छ, आफ्ना साथीहरूसँग खाना नबाढ्नु भनेर विद्यार्थीहरुलाई भनिएको छ,” उनले भनिन्।


यता मिस सेड पनि अभिभावक र विद्यालय कर्मचारीहरूले मिलेर काम गर्नु पर्ने र बालबालिकाको उमेर अनुसारका योजनाहरू बनाउनु पर्ने बताउँछिन्।
Checking label ingredients at supermarket
Checking label ingredients at supermarket

विद्यालयमा औषधि

चाइल्ड केयर वा विद्यालयमा आफ्ना बालबालिकालाई भर्ती गरिसकेपछि, केयर प्लान वा एक्सन प्लान विद्यालयमा बुझाउनु पर्छ, विद्यालयले यसका आधारमा प्रत्येक विद्यार्थीका लागि छुट्टा छुट्टै आपतकालिन किटहरूको व्यवस्था गर्दछ।

यस्ता किटहरूमा एक्सन प्लान र आवश्यक औषधिहरू राखिएका हुन्छन्।

विद्यालय भन्दा बाहिर, स्कुल क्याम्प, खेलकुद वा एक्सकरसन् आदिमा जाँदा शिक्षकहरूले यस्ता किटहरू आफूसँग बोकेका हुन्छन्।

औषधिहरूको म्याद गुज्रिएको अवस्थामा चाहिँ बालबालिकाहरूले बाहिरी क्रियाकलापमा भाग लिन पाउँदैनन्, त्यसैले पनि अभिभावकहरूले औषधिका बारेमा उचित ध्यान पुर्‍याउनु पर्दछ।



सरकारी औषधि योजना अन्तर्गत एड्रानालिन

एड्रानालिन इन्जेक्टर, इपिपेन वा एनापेन जस्ता औषधिहरू खरिद गर्नका लागि डाक्टरी पर्चाको आवश्यकता पर्दैन, यद्यपि औषधि पसलमा सिधै किन्दा एक इन्जेक्टरको ७५ देखि १०० डलरसम्म पर्न जान्छ।

सरकारी औषधि साहयता योजना पिबिएस अन्तर्गत खरिद गर्नका लागि सुरुमा विशेषज्ञ चिकित्सकको सिफारिस चाहीने भए पनि, पछि साधारण चिकित्सकले पनि यसको सिफारिस गर्न सक्दछन्।

डाक्टर फ्रिथ पुराना वा मिति सक्की सकेका इन्जेक्टरहरु पनि सुरक्षित राख्न आग्रह गर्छिन्।

महामारीका बेला, यी औषधिहरूको अभाव भएका कारण व्याकअपका रूपमा यसलाई सुरक्षित राख्न उनी आग्रह गर्छिन्।

एलर्जी सम्बन्धि थप जानकारीका लागि तलका वेबसाइटमा जानुहोस्।

Share