खेल्दै सिक्दै: बालबालिकालाई क्रिकेट सिकाउन द हिमालयन क्लबको प्रशिक्षण कार्यक्रम

The Himalayan Club in Melbourne organized training sessions for children with Cricket Victoria's support

The Himalayan Club in Melbourne organized training sessions for children with Cricket Victoria's support Source: Tara Gaire

Get the SBS Audio app

Other ways to listen

भिक्टोरियामा रहेका नेपाली बालबालिकालाई क्रिकेट खेल प्रति चासो जगाउन र प्रोत्साहन गर्ने उद्देश्यले क्रिकेट भिक्टोरिया र हिमालयन क्लबको सहकार्यमा “जुनीयर ब्लास्टर क्रिकेट २०२१” कार्यक्रम सञ्चालनमा आएको छ ।


क्रिकेट भिक्टोरियाको आर्थिक एवम् प्रशिक्षण सहयोगमा द हिमालयन क्लबले कार्यक्रमको आयोजना गरेको हो ।

यसै हप्ता बाट सुरु भएको प्रशिक्षण कार्यक्रममा ५४ जना बालबालिका सहभागी भएको आयोजक संस्था द हिमालयन क्लबले जानकारी दिएको छ ।

५ देखि ८ वर्ष उमेर समूहका बालबालिका सहभागी हुन सक्ने उक्त प्रशिक्षण कार्यक्रममा क्रिकेट खेलका नियम र खेल सम्बद्ध अन्य जानकारी विभिन्न गतिविधि मार्फत गराइने प्रशिक्षण कार्यक्रम संयोजक तारा गैरेले एस बि एस नेपाली सँगको कुराकानीमा बताएका छन् ।

“क्रिकेट अस्ट्रेलिया अन्तर्गतको जुनीयर लेबलको कार्यक्रम हो, हाम्रो समुदायका बालबालिकाहरू सङ्ख्या बढ्दै गर्दा उनीहरूलाई अस्ट्रेलियाको राष्ट्रिय खेल भएकाले,खेल प्रति चासो जगाउन र प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ”, उनले भने ।

६ हप्ता सम्म सञ्चालन हुने उक्त कार्यक्रम भिक्टोरियाको प्रेस्टोन स्थित टि डब्ल्यु ब्लेक पार्कमा प्रत्येक मङलबार साँझ ६ बजे देखि ७ बजे सम्म सञ्चालन हुने संयोजक गैरेले बताए  ।
Tara Gaire is a co-ordinator of junior cricket program in victoria
Tara Gaire is a co-ordinator of junior cricket program in victoria Source: Supplied
“क्रिकेटप्रति रुचि जगाउने उद्देश्यले स–साना समूह बनाएर विभिन्न गतिविधिबाट प्रशिक्षण गराउँछौ,क्रिकेट खेल्न तालिम गराउने भन्दा पनि रमाइलो तरिकाले, क्रिकेटका नियमहरू र खेलका सिप सिकाउने गरी कार्यक्रमको संरचना तैयार पारिएको छ”, उनले भने ।

हाल प्रशिक्षण कार्यक्रममा सहभागी हुन ६० बालबालिका दर्ता भएका छन् ।

कार्यक्रम प्रति अभिभावकहरूको रुचि निकै देखिएको संस्थाले बताएको छ ।

“टाढा टाढाका सर्ववबाट पनि अभिभावकहरू प्रशिक्षणमा सहभागी हुन दर्ता गराउनु भएको छ, त्यसले उत्साहित बनाएको छ ।” संयोजक गैरेले भने ।

द हिमालयन क्लबले बालबालिकाका लागि यस अघि पनि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिसकेको छ ।
Childrens learning cricket at victoria.
Childrens learning cricket at victoria. Source: Supplied
सहभागिताको आधारमा यो हाल सम्मकै सबैभन्दा ठुलो कार्यक्रम भएको क्लबले जानकारी गराएको छ ।

तालिममा हिमालयन क्लबका तर्फबाट हरि कँडेल,सुशील बस्नेत,केशव पन्त र निश्चल कँडेल सहभागी छन् भने क्रिकेट अस्ट्रेलियाका तर्फबाट वेबेन हुलेट र रोहील अख्तरले बालबालिकालाई खेल सम्बन्धी गतिविधि गराउनेछन् ।

कार्यक्रम सुरु भएको हक हप्ता मात्रै भएकाले मेलर्वनको उत्तरी सर्वव बस्ने बालबालिका तालिममा सहभागी हुन चाहे सम्पर्क गर्न पनि संयोजक तारा गैरे अनुरोध गरेका छन् ।

“आधिकारिक दर्ता समय त सकिइसकेको छ यद्यपि हामी सँग क्रिकेट बल र ब्याटहरू रहेकाले कार्यक्रममा सहभागी हुन चाहानेले सम्पर्क गर्न सक्नुहुन्छ ।”

उक्त प्रशिक्षण कार्यक्रमलाई उलवर्थस्ले प्रायोजन गरेको हो ।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali

Share