अस्ट्रेलिया बुझुहोस्: मानसिक ‘ट्रमा’मा रहेका बालबालिकालाई अभिभावकहरूले कसरी सहयोग गर्ने ?

Caucasian mother comforting son

Kids Trauma - Getty Images/ Jose Luis Pelaez Inc Credit: Jose Luis Pelaez Inc/Getty Images

Get the SBS Audio app

Other ways to listen

उचित सहयोग पाए भने ‘ट्रमा’मा रहेका बालबालिका पुनः साधारण अवस्थामा फर्कन सक्छन्, चाहे उनीहरूले मानसिक आघात अस्ट्रेलियामा हुँदा अनुभव गरेका हुन् वा अरू कुनै देशमा, साथै ट्रमा हालसालै भएको होस् वा धेरै समय अगाडी। तर बालबालिकालाई पुनः उनीहरू सुरक्षित भएको महसुस गराउन अभिभावक र स्याहारकर्ताको मुख्य भूमिका हुन्छ । आजको कार्यक्रममा हामी अभिभावक र स्याहारकर्ताले मानसिक आघातमा रहेका बालबालिकालाई कसरी सहयोग गर्न सक्छन् भन्ने बारे जानकारीहरू दिनेछौँ।


मुख्य बुँदाः
  • ट्रमाले मस्तिष्कको संरचना र कार्यमा गहिरो प्रभाव पार्न सक्छ ।
  • सही पद्धति अपनाउने हो भने बालबालिकाहरू जस्तोसुकै जटिल ट्रमाबाट पनि बाहिरिन सक्छन् ।
  • कहिलेकाहीँ विशेष अवस्थामा व्यावसायिक मद्दत खोज्नु आवश्यक हुन्छ ।
अस्ट्रेलियन नेसनल युनिभर्सिटीका वरिष्ठ लेक्चरर तथा मनोवैज्ञानिक परामर्शदाता डाक्टर डेभ पासालिच का अनुसार बालबालिकाहरूले विभिन्न अवस्थामा ट्रमा अनुभव गरिरहेका हुन्छन्।

“जुनसुकै घटनाहरू पनि हुन सक्छन् जस्तो कि प्राकृतिक प्रकोप, युद्ध, हिंसा, दुर्व्यवहार, दुर्घटना, एवम् स्याहारकर्ताहरू सँगको बिछोडका कारण बालबालिकाले आफूहरूलाई असुरक्षित र असहाय महसुस गर्छन्। जसको कारण उनीहरूमा डर उत्पन्न हुन्छ, अनि यही डरका कारण बालबालिका ट्रमाको स्थितिमा पुग्छन्।”

ग्रेटर सिड्नीस्थित पारामाटामा रहेको सामुदायिक आप्रवासी स्रोत केन्द्र (सीएमआरसी) मा अर्ली इन्टरभेन्सन प्रोजेक्ट अफिसर वा प्रारम्भिक सहजीकरण योजना अधिकृत नोर्मा बुलस बालबालिकाभित्र रहेका भावना अभिभावकहरूलाई पहिचान गराउन सहजीकरण गर्छिन्।

उनी भन्छिन् कि सीएमआरसीमा १७ वर्षको कामको अनुभवमा सबैभन्दा कठिन काम अभिभावकहरूलाई उनीहरूका बालबालिका ट्रमामा रहेको र उनीहरूलाई सहयोगको आवश्यकता छ भनेर बुझाउनु हो।
mother with 2 children on playground
As well as focusing on individual cases, Mrs Boules also runs a few parenting education programs, including the Circle of Security, a program that helps parents understand their child’s emotional world. Credit: Mikael Vaisanen/Getty Images

ट्रमाले मस्तिष्कमा पार्ने प्रभाव

दिमागको महत्त्वपूर्ण विकास अवधिको समयमा ट्रमा अनुभव गर्दा, मस्तिष्कको संरचना र कार्यलाई गहिरो प्रभाव पार्न सक्ने डा पासालिच बताउँछन्।
समग्रमा ट्रमाका कारण बालबालिकाले गर्ने व्यवहार उनीहरूले कसरी सोच्छन्, कस्तो महसुस गर्छन् लगायत अरूसँगको सम्बन्धलाई कसरी हेर्छन् भन्नेसम्म असर गर्छ । जसको कारण उनीहरूले घर र विद्यालयमा गर्ने हरेक गतिविधिमा समेत प्रभाव पार्छ ।
डा. डेभ पासालिच
उनी भन्छन् कि ट्रमाले मस्तिष्कको लिम्बिक प्रणाली र त्यसमा पनि विशेष गरी एमिग्डालालाई , सम्भावित खतराहरूप्रति बढी संवेदनशील बनाउन सक्छ, जसले चिन्ता र डर बढाउँछ।

लामो समयसम्म ट्रमामा रहेका बालबालिका मानिसक रूपमा ‘सर्भाइभल मोड’ मा पुग्छन् जसको कारण उनीहरू जतिसुकै बेला पनि आफ्नो शारीरिक सुरक्षालाई लिएर चाहिने भन्दा बढी सतर्क हुन् थाल्छन्।

सिड्नीको वारीवुडमा रहेको बी सेन्टर फाउन्डेसनमा प्ले थेरापिस्टको रूपमा कार्यरत ब्री डे ला हार्प भन्छिन्, ट्रमामा रहेका बच्चाहरूको लागि प्ले थेरापी उपयुक्त माध्यम हो।

उनी भन्छिन् कि वयस्क मानिसहरू ट्रमाको अवस्थामा पुगे भने उनीहरू त आफैँ पनि सल्लाहकारकोमा जान सक्छन्।

तर बालबालिकाको दिमाग पूर्ण रूपमा विकसित भएको हुँदैन त्यसैले प्ले थेरापीको माध्यमबाट नै उनीहरूको मानिसक अवस्था बुझ्न सहज हुन्छ।
Father and daughter wearing robot costumes at home
As well as showing hyperarousal symptoms, such as hyperactivity, hypervigilance or being easily frightened or startled, a child can also show signs of the hypoarousal —where the child may seem physically slow or sluggish in their movements, may struggle to concentrate, may withdraw from social interactions and may seem less engaged with their surroundings. Credit: MoMo Productions/Getty Images

अभिभावक र स्याहारकर्ताले कसरी सहयोग गर्न सक्छन् त ?

मेलानि डिफहोल्ट्स, अस्ट्रेलियाभर विद्यालयहरूमा अभिभावक र शिक्षकहरूलाई १४ वर्ष देखि सहयोग गर्दै आइरहेकी सल्लाहकार हुन्।

र उनी भन्छिन् सबैभन्दा पहिला त आमाबाबु र हेरचाहकर्ताहरूले आफ्नै मानसिक र भावनात्मक स्थितिलाई महत्त्व दिनुपर्छ ।

अभिभावकको आफ्नै मानिसक अवस्था स्थिर छैन भने उनीहरूले ट्रमामा रहेका आफ्ना बालबालिकाको लागि पनि स्थिर वातावरण दिन सक्दैनन्।

त्यस्तै डा पासालिच भन्छन् कि आमाबाबु र अभिभावकहरूले आफ्ना बच्चाहरूको भावना र आवश्यकताहरू बुझ्नु महत्त्वपूर्ण हुन्छ।

“अभिभावकले संवेदनशील हेरचाह वा ‘सेन्सेटिभ प्यारेन्टिङ’ को बारेमा बुझ्नु एकदमै जरुरी छ । जस्तो कि जतिसुकै बेला जे पनि हुन सक्ने डरका कारण बालबालिकाले असुरक्षित महसुस गरिरहेका हुन सक्छन् । जसका कारण उनीहरू आक्रोशित हुने गर्छन् तर त्यस्तो अवस्थामा अभिभावकले उनीहरूलाई नियन्त्रण गर्ने भन्दा पनि बालबालिकाको भित्री चाहना के हो र उनीहरूले के चाहिरहेका हुन्, कस्तो महसुस गरिरहेका छन् भनेर बुझ्ने प्रयास गर्नुपर्छ ।”

Child Psychotherapy
Dr Pasalich says if a parent is able to provide a supportive relationship and family for that child, many children do recover naturally from traumas. Credit: aquaArts studio/Getty Images
यति मात्र होइन कि घरमा सुरक्षित र स्थिर वातावरण सिर्जना गर्नु पनि महत्त्वपूर्ण भएको डा पासालिचको भनाइ छ।

घरमा अभिभावकहरूले मायालु र शान्त भावमा कुरा गर्ने गर्नुपर्छ।

हाल बी सेन्टरमा प्ले थेरापिस्ट रहेकी मनोचिकित्सक टियाना विल्सनका अनुसार प्ले थेरापी विगतमा भएका ट्रमालाई समाधान गर्न पनि प्रभावकारी हुन सक्छ ।
धेरै जसो ट्रमा सुषुप्त अवस्थामा रहेको हुन्छ, बालबालिकालाई यसबारे थाहा नै हुँदैन । अतीतका पुराना घटनाहरूका कारण भएका ट्रमाबाट बाहिर आउन सकिन्छ र हामीले त्यसैको लागि सहयोग गर्छौँ ।
टियाना विल्सन
डा पासालिचका अनुसार धेरै बालबालिका प्राकृतिक रूपमा आघातबाट निको हुन्छन्, तर कहिलेकाहीँ विशेष अवस्थामा व्यावसायिक मद्दत खोज्नु आवश्यक हुन्छ।

यस्तो अवस्थामा मान्यता प्राप्त थेरापिस्ट जस्तै मनोवैज्ञानिक परामर्शदाता अथवा मानसिक स्वास्थ्य सल्लाहकारहरूबाट उचित सहयोग प्राप्त हुन्छ।

अन्त्यमा डा पासालिच भन्छन्, सही पद्धति अपनाउने हो भने बालबालिकाहरू जस्तोसुकै जटिल ट्रमाबाट पनि बाहिरिन सक्छन्।

“यदि बालबालिकाले सही समयमा सही सहयोग पाउने हो भने बालबालिकाहरूको जीवनबाट ट्रमालाई हटाएर साधारण जीवनमा फर्काउन सकिन्छ ।”

कहाँबाट सहयोग पाउन सकिन्छ
 

Share