समीक्षकको प्रशंसा बटुल्न सफल नेपाली निर्माताको अस्ट्रेलियन चलचित्र

नेपाली निर्माता समेतको लगानी रहेको अस्ट्रेलियन चलचित्र “ए लायन रिटर्न्स”ले समीक्षक माझ राम्रो चर्चा बटुल्न सफल भएको छ ।

Film Producer Apil bista

Film Producer Apil Bista Source: Supplied

अस्ट्रेलियन निर्देशक सेरहत कारादीको निर्देशनमा बनेको यस चलचित्रमा नेपाली निर्माता अपिल बिष्टको पनि लगानी रहेको छ ।

चलचित्रमा जिहादीहरु घर फर्कँदा उनीहरूको परिवारमा पर्ने प्रभाव र खतरालाई उठान गरिएको  छ ।

कथानक चलचित्रले जमाल अलामिन नाम गरेका लेबनानी पुष्टभुमीका एक युवक जो सिरियामा आई एस सँग जोडिन पुग्छन् र १८ महिना पछि घर फर्कन्छन् उनको कथा बोकेको छ ।

“मध्यपूर्व पुष्टभुमी भएका एक अस्ट्रेलियन युवा जो सिरियामा आई एस सँग सहकार्य गरेर घर फर्कन्छन् उसको कथामा चलचित्र बनेको छ” निर्माता मध्यका एक अपिलले भने ।
चलचित्रमा टेलर दिनावी ,डेनि एलासि,ज्याकु पुर्भीस र महा डेल्भोसको प्रमुख भूमिका रहेको छ । चलचित्रले आई एस मा सामेल हुन केले उत्प्रेरित गर्छ र एक जिहादीले कसरी एक व्यक्तिलाई बदल्छ भन्ने कुराको चित्रण गरिएको छ ।

चलचित्रको वेबसाइटमा चलचित्र "पछाडि पारिएका प्यारा मानिसहरूको क्षमा र छुट्काराहरुको नतिजा" भनेर व्याख्या गरिएको छ ।

चलचित्रका निर्माता एवम्  निर्देशक कारादीले विदेशी लडाकु हुन खोजिरहेकाहरुले आफ्ना परिवारको बारेमा सोच्नु पर्ने कथा चलचित्रले बोकेको एस बि एस सँग बताए ।

अस्ट्रेलियाली गैर मुस्लिमहरुले मुस्लिमहरूलाई जिहादलाई समर्थन गर्छन् भन्ने मानसिकतामा सम्बोधन गर्न चाहेको उनले बताए ।
A still from the movie 'A Lion Returns'
A still from the movie 'A Lion Returns' Source: Supplied
चलचित्रमा स्थानीय दुई लगानीकर्ता रहेका छन् भने चलचित्रको अधिकांस  रकम क्राउड फान्डीङ अर्थात् थुप्रै मानिसहरू बाट सङ्कलन  गरिएको छ ।

आफू चलचित्र क्षेत्रमै काम गर्ने भएकाले यसै सम्बन्धित साथीहरू सँगको भेटघाटका क्रममा स्क्रिप्ट राम्रो लागे पछि लगानी गरेको अपिलले बताए । 

“नेपाली चलचित्र क्षेत्रमा मेरो प्रोफाइल हरेपछि मलाई चलचित्रमा लगानी गर्न मौका दिइयो” उनले एस बि एस नेपाली सँग भने ।

टर्किस पुष्टभुमीका निर्देशक कारादी भन्छन् "अस्ट्रेलियाली जो आफ्ना परिवारलाई छाडेर जिहादी गतिविधिमा सामेल हुन्छन् उनीहरूको कथा सुनाउन योग्य छ , खालिफ शरौफ जस्ता व्यक्तिहरू जो आफ्नो परिवारलाई छाडेर आ एसको लडाकु बन्न गए उनीहरूको कथा चलचित्रले बोकेको छ ।"

एग्ङलो–अस्ट्रेलियन दृष्टिकोणबाट चलचित्र निर्माण गरिएको उनले बताए ।  त्यहाँ भएका गलत दृष्टिकोण जस्तै की जिहाद एउटा सर्घष हो वा लडाई हो वा मुसलमानहरुले यसलाइ स्वीकार गर्छन् वा  प्रोत्साहित गर्छन् भन्ने विषयलाई उठान गरेको उनले बताए ।

यस अघि “अन्डरटो” मा अभिनय गरेकी एङग्लो अस्ट्रेलियन कलाकार ज्याकुई पुर्भिसले चलचित्रमा हैदीको भूमिका निर्वाह गरेकी छन् ।

उनी भन्छिन् "चलचित्र निर्माणका क्रममा उनले इस्लामका बारेमा थोरै कुरा सिक्नुपर्‍यो र भूमिकाले जिहादले प्रभावित व्यक्तिहरूको मानसिकतामा अन्तर्दृष्टि प्रदान गर्‍यो ।"
Apil Bista (left) with the director (right) of The Lion Returns
Apil Bista (left) with the director (right) of The Lion Returns Source: Supplied
निर्देशक कारादी अस्ट्रेलियामा विदेशी लडाकुहरूलाई फिर्ता जान दिइनु पर्ने र उनीहरूले अस्ट्रेलियाको कानुनको सामना गर्नु पर्ने धारणा राख्छन् ।

एस बि एसले सिरियामा परिवार रहेको एक अस्ट्रेलियन नागरीकलाई सम्पर्क गरेको थियो जसको परिवारको एक सदस्यलाई आइ एसमा जबरजस्ती भर्ती गराइएको थियो ,उनले करिब २० मिनेट चलचित्र हेरेको र यर्थाथमा आधारित नभएकोले आफूले बाकि चलचित्र हेर्न नसकेको बताए ।
लेबनिज पुष्टभुमी रहेका मुसलमानहरूलाई  सम्पर्क गर्दा उनीहरू मध्ये धेरैले चलत्रिका बारेमा बोल्न चाहेनन् यद्यपि एक व्यक्तिले यो आफ्नो लागि निकै सबेदनशिल मुद्दा भएकाले यसमा चलचित्रमा बनाउनुको उद्देश्य के हो थाहा नभएको बताए ।

यसका बाबजुद चलचित्रले सकारात्मक समीक्षा प्राप्त गरेको छ ।

“चलचित्रको समीक्षा राम्रो आएको छ, तर  दर्शकको व्यक्तिगत रुचाईको विषय फरक हुने भएकाले सबैलाई मन नपर्न सक्छ”  अपिलले भने ।

सिटी हवले भनेको छ “कम बजेटको विवादास्पद चलचित्र धेरै कुरामा प्रशंसायोग्य छ, अनिवार्य र्हेनका लागि वर्गीकृत गर्नु पर्दछ ।


Share
Published 3 December 2020 12:16pm
Updated 12 August 2022 3:09pm
By Essam Al-Ghalib, Krishna Pokhrel
Presented by SBS Nepali
Source: SBS News


Share this with family and friends