बराबरी तलब दिनुपर्ने फैसला भएको ५० वर्ष पछि पनि कम तलब पाउँदै अस्ट्रेलियाका महिला

महिलाले पनि पुरुष जत्ति नै तलब पाउनुपर्ने फैसला भएको आधा शताब्दी नाघिसक्दा पनि किन भेदभाव जारी छ?

Jacqui Williamson is a New South Wales Sales Manager

Jacqui Williamson has been a sales manager for 18 months in a male-dominated company. Source: Supplied

अस्ट्रेलियामा एकै कार्यालयमा ठ्याकै उस्तै काम गर्ने पुरुष एवं  महिला कर्मचारीहरूलाई बराबरी तलब दिन कानुन बनेको ५० वर्ष कटिसक्दा पनि औसत रूपमा पुरुषहरूको कमाई महिला भन्दा २०.८ प्रतिशतले ज्यादा छ। 

सन् १९६९ मा गठन भएको “कमनवेल्थ कन्सिएलेशन एन्ड आर्बिट्रेसन कमिसन”ले बराबरीको काम गर्ने महिला र पुरुषलाई बराबरीको तलब भन्ने सिद्धान्त प्रतिपादन गरेको हो।

तर, कार्यस्थलमा लैङ्गिक समानता बारेको पछिल्लो एक रिपोर्ट अनुसार भने, प्राय जसो रोजगारदाताले महिला र पुरुष बिच तलब वितरणमा हुने गरेको असमानता माथि अनुसन्धान गरेता पनि ४० प्रतिशत रोजगारदाताले त्यसलाई न्यूनीकरण गर्न कुनै कदम चालेका छैनन्।
दि वर्कप्लेस जेन्डर इक्व्लिटी एजेन्सी नामक कार्यस्थलमा लैङ्गिक समानताको क्षेत्रमा कार्यरत एक संस्थाले मङ्गलवार जारी गरेको नतिजा पत्रले न्यून सङ्ख्यामा तलब बराबरीको स्थितिमा सुधार आएता पनि, पुरुषहरूले महिलाहरूको तुलनामा औसत रूपमा - वार्षिक २५,६७९ डलर बढी कमाउने देखाएको छ।

उक्त संस्थाकी निर्देशक लिब्बी लायन्सले महिला र पुरुष बिच आय असमानता बिस्तारै घट्दै गएता पनि सोचे अनुरुपको गतिमा सुधार नभएको बताइन्।

“हामी चाहान्छौं महिला र पुरुष बिच रहेको असमान आयको स्थिति छिटो अन्त्य होस् तर सबैले बुझ्नु के पनि जरुरी छ भने यो एक सांस्कृतिक बदलाव हो - र यो सोच परिवर्तन हुन समय लाग्छ,” उनले भनिन्।

दि वर्कप्लेस जेन्डर इक्व्लिटी एजेन्सीले असमान आयको हिसाब अस्ट्रेलियाली तथ्याङ्क विभागबाट प्राप्त डेटाका आधारमा गरेको हो, जसमा “क्याजुअल” र “पार्ट-टाइम” कामको लेखाजोखा छैन।

उक्त नतिजापत्रका अनुसार, प्रबन्धक पदहरूमा महिलाको सङ्ख्या भने आर्थिक वर्ष २०१३/१४ देखि निरन्तर बढिरहेको छ र हाल प्रबन्धकहरूको कूल सङ्ख्याको ४० प्रतिशत महिलाहरूले ओगटेका छन्।

विभिन्न कम्पनीका बोर्डहरूमा महिला प्रतिनिधित्वमा वृद्धि देखिएता पनि प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्षको पद बस्ने महिलाहरूको सङ्ख्या बढेको छैन।
कोनिका मिनोल्टा बिजनेस सोल्युसन्स अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा सेल्स म्यानेजर रहेकी ज्याकी विलियमसनले उक्त पद सम्हालेको १८ महिना भयो।

धेरै पुरुषहरू काम गर्ने क्षेत्र भएकाले आफ्नो काममा निकै चुनौतीहरूको सामना गर्नु परेता पनि मानिसहरूलाई व्यवस्थापन गर्न र व्यावसायिक रणनीतिमा खेल्न पाउँदा आफूलाई रमाइलो लाग्नेको उनको धारणा छ।

“ म आफ्नो काम राम्ररी गरिरहेकी छु भन्ने मलाई लाग्छ र त्यसो हुँदा कामको प्रतिस्पर्धात्मक प्रकृतिका कारण पुरुषहरूलाई मेरो सामना गर्न अप्ठेरो लाग्ने गरेको पाएकी छु,” उनले भनिन्।

“अब उनीहरूको भन्दा बढी सफलता हात पर्न थाले पछि, उनीहरूको व्यक्तिगत पूर्वाग्रहमा भर पर्छ कि उनीहरू त्यसलाई कसरी लिन्छन् भनेर,” विलियमसनले अगाडी थपिन।
women in Australia
प्रतीकात्मक तस्बिर Source: Getty Images
खासमा उनलाई उक्त वरिष्ठ पदमा बस्न मन थिएन। उक्त पदमा आसीन भएका मानिस अन्यत्र लागेपछि अस्थायी रूपमा उनी त्यहाँ पुगिन् र उक्त कार्यस्थलको काम गर्ने वातावरण उनलाई मन पर्‍यो।

“मेरो विचारमा पहिले त मानिसहरूलाई काम मन पर्नुपर्छ।”

“कहिलेकाहीँ आकस्मिक रूपमा त्यस्तो स्थानमा पुगिन्छ भने कहिले उपयुक्त समय नहुन पनि सक्छ, विशेष गरेर एक महिलाका लागि,” उनले भनिन्।

 

अस्ट्रेलियाली कार्यस्थलमा नेपाली महिलाको सफलताको कथा  
Srijana KC: general manager of Bupa Aged Care Bankstown
Source: Supplied
अस्ट्रेलियामा अवसर प्रशस्तै भए पनि सफलता प्राप्त गर्न अनेकन् चुनौतीहरूको सामना गर्नु परेका प्रसङ्गहरू अस्ट्रेलियामा रहेका नेपालीहरूको पनि कुराकानीको प्रमुख विषय हुने गर्दछ।

सङ्घर्ष गर्दा गर्दै यहाँ सम्म आइपुगे भन्नेहरूको जमातमा नेपाली सिर्जना केसी पनि आफ्नो सफलतालाई विगतका अप्ठ्याराहरूसँगै जोडेर हेर्छिन्।

सन् २०० ९ मा बाल स्याहार सम्बन्धी विषय पढ्न विद्यार्थी भिसामा अस्ट्रेलिया आएकी केसीले हाल महाप्रबन्धकका रूपमा नाम चलेको एक वृद्ध स्याहार केन्द्रमा नेतृत्व प्रदान गरिरहेकी छन्।

 


Share
Published 19 November 2019 11:39am
Updated 19 November 2019 12:35pm
By Stephanie Corsetti


Share this with family and friends