जबसीकरको कटौती गर्दा झन्डै डेढ लाख जागिर चट हुने डर

सङ्घीय सरकारले सेप्टेम्बर महिनाको आखिरीबाट जबसीकर भुक्तानीमा कटौती गर्ने योजना लागू भए अस्ट्रेलिया भर १४५,००० मानिसहरूले जागिर गुमाउने बताइएको छ।

The coronavirus pandemic has seen a surge in unemployment amid the economic fallout of the crisis.

The coronavirus pandemic has seen a surge in unemployment amid the economic fallout of the crisis. Source: AAP

मङ्गलवार जारी भएको एक रिपोर्टले जबसीकर भुक्तानीमा हुने कटौतीका कारण देशको अर्थतन्त्रबाट ३१.३ अर्व डलर गुम्ने तथा अस्ट्रेलिया भर डेढ लाख पूर्णकालीन रोजगारीका अवसरहरू हराउने बताएको हो।

कोरोनाभाइरस महामारी सुरु भएपछि सङ्घीय सरकारले चली आएको पुरानो व्यवस्था अन्तर्गतको "न्युस्टार्ट" बेरोजगारी भत्तालाई झन्डै दोब्बर बनाउँदै नाम समेत परिवर्तन गरेर "जबसीकर" कायम गरेको थियो।

तर, आउँदो २५ तारिखबाट भने मोरिसन सरकारले सो भत्ता पाक्षिक रूपमा ३०० डलरको दरले कटौती गर्ने बताएको छ।

यसै गरी सरकारी योजना अनुसार गत मार्च महिनामा थपिएको पूरक भुक्तानी यस वर्षको आखिरीसम्ममा पूर्ण रूपले हट्नेछ जसपछि जबसीकर भुक्तानी पुरानो न्युस्टार्ट व्यवस्था अनुरूप नै प्रतिदिन ४० डलरमा कायम रहने बताइएको छ।
अस्ट्रेलियन काउन्सिल अफ सोसल सर्भिसेस भनिने अस्ट्रेलियाली सामाजिक सेवा परिषद्ले डेलोइट एक्सेस इकोनोमिक्सलाई तयार गर्न लगाएको उक्त प्रतिवेदनले भने सरकारी योजना अनुसार जबसीकरमा कटौती भए आर्थिक हानी र बेरोजगारी बढ्ने मात्र नभई रिजनल समुदायहरूमा समेत गम्भीर प्रभाव पर्ने टिप्पणी गरेको छ।

रिपोर्टले विशेष गरी वेस्टर्न अस्ट्रेलिया, क्विन्सल्यान्ड, भिक्टोरिया र नर्दन टेरोटेरीका ग्रामीण भेकमा बस्ने मानिसहरूलाई जबसीकरको कटौतीले ठुलो प्रभाव पार्ने उल्लेख गरेको छ।
A security guard looks on as people are seen in long queue outside a Centrelink office in Abbotsford, Melbourne, Monday, 23 March, 2020.
A security guard looks on as people are seen in long queue outside a Centrelink office in Abbotsford, Melbourne, Monday, 23 March, 2020. Source: AAP
डेलोइटका अनुसार जबसीकर भुक्तानीका लागी आउँदो डिसेम्बर महिनासम्ममा करिब २३ लाख ४० हजार मानिसहरू योग्य हुनेछन्।

परिषद्की प्रमुख कार्यकारी क्यासान्ड्रा गोल्डीले सरकारलाई कोरोनाभाइरस पूरक भुक्तानी यथावत् राख्न आग्रह गरेकी छिन्।

उनी भन्छिन् कि सरकारले मानिसहरूलाई आधारभूत रूपमा जीवनयापन गर्न आवश्यक पर्ने जति रकम भुक्तानी गर्न स्थायी कानुन नै बनाउनु पर्छ।

"यस महामारीमा यस्ता धेरै चीजहरू छन् जुन हाम्रो नियन्त्रणमा छैन तर सरकारले कुनै एक चिज आफ्नो नियन्त्रणमा राख्छ भने त्यो हो सबै जनालाई जीवन यापनका लागी चाहिने आधारभूत आवश्यकताहरूको प्रत्याभूति," गोल्डीले भनिन्।
ustralian Council of Social Service CEO Dr Cassandra Goldie
Australian Council of Social Service CEO Dr Cassandra Goldie Source: AAP
डेलोइटकी निक्की हट्ली भन्छिन् कि सरकारले जबसीकरमा लगानी गरेको हरेक डलरले महत्त्वपूर्ण आर्थिक लाभ दिने गरेको छ।

"बिना पैसा भुक्तान गरी काम गर्ने मानिसलाई उपलब्ध गराउनु अत्यन्तै प्रभावकारी आर्थिक उत्प्रेरणा हो, किनकि उनीहरूसँग तत्काल आवश्यक पर्ने वस्तुमा खर्च गर्नुबाहेक अरू विकल्प हुँदैन," उनले भनिन्।

"उच्च आय भएका व्यक्तिहरूसँग बचतको विकल्प छ जुन धेरैले महामारीको अनिश्चितताका कारणले गरिरहेका छन् र यसैले गर्दा अन्य करहरू, जस्तै आयकर कटौती, हामीलाई यस मन्दीबाट बाहिर निकाल्न त्यति प्रभावकारी हुँदैन।"
अस्ट्रेलियामा मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी  उपलब्ध छ।

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ९ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

 नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्: 




Share
Published 15 September 2020 2:18pm
Source: AAP, SBS


Share this with family and friends