अस्ट्रेलियाको राष्ट्रिय गानमा सन् १९८४ पछि पहिलो पटक भएको परिवर्तन

आज (ज्यानुअरी १, २०२१) देखि लागू हुने गरी, अस्ट्रेलियाको राष्ट्रिय गानमा सानो परिवर्तन गरिएको छ।

Australia's National Anthem

Himno australiano se escucha en partido de rugby. Source: AAP

यस परिवर्तनले यहाँ रहेको आदिवासी समुदायको उचित प्रतिनिधित्व हुने प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन्। 

‘एडभान्स अस्ट्रेलिया फेयर’ शीर्षक रहेको यहाँ राष्ट्रिय गानको दोस्रो लाइनमा रहेको “फर वी आर यङ एण्ड फ्री” ( हामी युवा र स्वतन्त्र रहेका छौँ) को ठाउँमा “फर वी आर वन एण्ड फ्री” ( हामी एक र स्वतन्त्र रहेका छौँ) को परिवर्तन गरिएको हो। 

राष्ट्रिय गानमा सन् १९८४ पछि पहिलो पटक परिवर्तनका लागि अनुरोध आएको पनि अस्ट्रेलियाका गर्भनर जनरल डेभिड हर्लीले उल्लेख गरेका छन्।

आजदेखि लागू हुने गरी परिवर्तित गरिएको यस राष्ट्रिय गानले हाम्रो एबोरिजिनल समुदायको इतिहास अनि प्रवासी समुदायको उपस्थितिलाई नयाँ शब्द “एक”ले सही प्रतिनिधित्व गर्ने प्रधानमन्त्री मोरिसन विश्वास राख्दछन्।
“यस नयाँ राष्ट्रिय गानले- हाम्रो इतिहासलाई कदर गर्दै, यसको आधारमा बनेको अहिलेको समाज अनि हाम्रो भविष्यको लक्ष्यलाई सही तरिकाले प्रतिनिधित्व गर्दछ,” उनले भने।

“युवा” शब्दलाई “एक”ले परिवर्तन गर्नका लागि केही समयदेखि माग भइरहेको थियो।

“युवा” शब्दले अस्ट्रेलियालाई भर्खरै बनेको नयाँ देश इङ्गित गर्दछ, जुन गलत हो भन्ने दाबी राष्ट्रिय गान परिवर्तन गराउने खोज्ने समूहको थियो।
An Aboriginal man plays a didgeridoo d
An Aboriginal man plays a didgeridoo during Australia Day in Sydney, Australia. Source: AP
यसमा न्यु साउथ वेल्स राज्यकी प्रिमियर ग्लाडिस बेरिजिक्लियन* पनि सहमत रहेकी थिइन्। 

“हजारौँ वर्ष पुरानो हाम्रो एबोरिजिनल समुदायको इतिहासलाई राष्ट्रिय गानले छुनु पर्छ,” उनले भनिन्।

“समुदायबिचको एकता निकै महत्त्वपूर्ण हुन जान्छ र यसलाई झल्काउने समय पनि आएको छ।”

डढेलो र कोरोनाभाइरसको प्रकोपले सताएको सन् २०२०मा अस्ट्रेलियालीहरूमा रहेको एकता अतुलनीय रहेको भन्दै प्रधानमन्त्री मोरिसनले प्रशंसा गरे।

“यस किसिमको एकता हाम्रो राष्ट्रिय गानमा पनि झल्काउन महत्त्वपूर्ण रहेको छ,” उनले भने। 

अस्ट्रेलियाको झन्डै आधा जनसङ्ख्याको आमा-बाबुमध्ये एक, कि त विदेशमा जन्मेका छन्, वा उनीहरू आफै बाहिरबाट आएका छन्।

“यसबाट प्रस्ट हुन्छ, हाम्रो देशमा प्रवासी समुदायको निकै ठुलो उपस्थिति रहेको छ। राष्ट्रिय गानमा थपिएको एक शब्दले हामी सबै एक हौ भन्ने कुराको पनि प्रतिनिधित्व गर्छ"प्रधानमन्त्री मोरिसन बताउँछन्।

 सन् १९८४ देखि “एडभान्स अस्ट्रेलिया फेयर” यहाँको राष्ट्रिय गानको रूपमा रहेको छ।

यसअघि, “गड सेभ द क्वीन” अस्ट्रेलियाको राष्ट्रिय गानको रूपमा रहेको थियो, जसको खारेजी सन् १९८४को जनमत सङ्ग्रहको नतिजापछि गरिएको थियो।

अस्ट्रेलियाको राष्ट्रिय गान यस प्रकार रहेको छ।

Australians all let us rejoice, For we are one and free; We’ve golden soil and wealth for toil; Our home is girt by sea; Our land abounds in nature’s gifts Of beauty rich and rare; In history’s page, let every stage Advance Australia Fair. In joyful strains then let us sing, Advance Australia Fair. Beneath our radiant Southern Cross We’ll toil with hearts and hands; To make this Commonwealth of ours Renowned of all the lands; For those who’ve come across the seas We’ve boundless plains to share; With courage let us all combine To Advance Australia Fair. In joyful strains then let us sing, Advance Australia Fair.
*बेरिजिक्लियनले केही महिना अघि राजिनामा दिएकी छिन्।


Share
Published 1 January 2021 10:47am
By Biwa Kwan
Source: SBS News


Share this with family and friends