अस्ट्रेलियामा किन प्रधानमन्त्रीहरु परिवर्तन भई रहन्छन त?

अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीको रुपमा स्कट मरिशनले हिजो बेलुकी शपथ लिएका छन्। यसका साथ उनी देशको ३० औं प्रधानमन्त्रीको रुपमा चयन भएका छन्।

Scott Morrison

Source: SBS

कुनै आम चुनाव नभई यसरी नयाँ प्रधानमन्त्री हुँदा धेरैलाई अचम्म लाग्न सक्छ। तर पछिल्ला केहि बर्षहरुमा अस्ट्रेलियाको राजनीतिमा यो प्रवृति देखिदै आएको छ। बिगत दश बर्षमा मात्र अस्ट्रेलियामा ६ प्रधानमन्त्रीहरुको चयन भएको छ। किन यसरी देशको उच्च पदमा परिवर्तन भई रहन्छ त?

यसमा दुई मुख्य कारणहरु देखिन्छ।

पहिलोमा त लगातार हुने जनमत सर्वेक्षण। राजनितिक दलले आन्तरिक रुपमा गर्ने र बाह्य कम्पनीहरुबाट हुने जनमत सर्वेक्षणले कुनै दलको नेता कत्तिको लोकप्रिय रहेको छ भनेर त्यस समय रहेको जनभाब उल्लेख गर्ने गर्दछ।

जस्तो, यस अघि टोनी एबट प्रधानमंत्री रहेकै बेला, उनको लोकप्रियतामा लगातार ३० हफ्ताको जनमत सर्बेक्षणले गिरावट आएको जनाए पछि, मालकम टर्नबुलले आफ्नो दल समक्ष नेता परिबर्तनको प्रस्ताब राखेका थिए, जुन सफल भएपछि उनी प्रधानमन्त्रीको रुपमा चुनिएका थिए।
Australian Prime Minister Tony Abbott speaks during House of Representatives Question Time at Parliament House in Canberra, Monday, Sept. 14, 2015. (AAP Image/Lukas Coch) NO ARCHIVING
Tony Abbott in full flight during Question Time in the final months of his prime ministership in 2015. Source: AAP
तर यी जनमत सर्बेक्षणहरु अकाट्य सत्य हुन्छन् भन्ने चाहिं छैन। धेरै पटक जनमत सर्वेक्षणमा बताईएको बिपरित चुनाबी नतिजाहरु आईरहेका छन्। तर अन्य कुनै जनभाव बुझ्ने उपाय नरहेको बेला, जनमत सर्बेक्षणलाईनै एक मापदण्ड मानिएको छ।

यसरि लगालग प्रधानमन्त्री परिबर्तन हुनुको अर्को मुख्य कारण भने दुबै मुख्य दल- लेबर र लिबरलमा रहेको उदारपन्थी र दक्षिणपन्थीबीचको द्वन्द हो। मालकम टर्नबुलको पद जानुमा यसको कारण रहेको बताईन्छ।
Former Prime Minister Malcolm Turnbull, wife Lucy and daughter Daisy leave after his farewell press conference at Parliament House in Canberra.
Former Prime Minister Malcolm Turnbull, wife Lucy and daughter Daisy leave after his farewell press conference at Parliament House in Canberra. Source: AAP


टर्नबुल लिबरल पार्टिको नीतिमा उदारबादमा विश्वास गर्छन्, जुन पूर्व प्रधानमन्त्री टोनी एबटको सहमति बिपरित रहेको छ। आफ्नो अन्तिम पत्रकार सम्मेलनमा टर्नबुलले, यिनै दुई धारणाका कारण, एबट लागायत उनका सहयोगीहरुले आफ्नो प्रधानमन्त्रित्व गिराएको आरोप लगाए।

साथै, टर्नबुल परिवर्तन गर्नुको कारण हफ्तै पिच्छे आउने जनमत सर्बेक्षणले देखाएको उनको लोकप्रियतामा आएको ह्रास पनि रहेको बताईएको थियो।

कहिलेकाहि भने, दलिय नेता परिवर्तन गर्दा उनको व्यक्तिगत आचरणलाई पनि दोष लगाईएको पाईएको छ। सन् २०१० मा तत्कालिन प्रधानमन्त्री केभिन रडको लोकप्रियतामा ह्रास आउनुको साथै उनको अरुलाई हेप्ने प्रवृति भएको भन्दै जुलिया गिलार्ड  प्रधानमन्त्री भएकी थिईन्।
The prime ministers of Australia since 2007: Kevin Rudd, Julia Gillard, Tony Abbott and Malcolm Turnbull.
The prime ministers of Australia since 2007: Kevin Rudd, Julia Gillard, Tony Abbott and Malcolm Turnbull. Source: AAP
यता नयाँ प्रधानमन्त्री स्कट मरिसन पनि, टर्नबुलझैं उदारवादमै विश्वास राख्छन् र उनी पनि दक्षिणपन्थीहरुको दबावमा प्रधानमन्त्रित्व बचाउन काम गर्न बाध्य हुने विश्लेषकहरुले अट्कल काट्न शुरु गरिसकेका छन्।

प्रधानमंत्रीको कार्यकाल सामान्यता तीन बर्षको हुने गर्दछ। तर नजिकै आउन लागेको चुनावमा आफ्नो नेताको अलोकप्रियताका कारण सत्ता गुम्ने डरले, कार्यकाल पूरा नहुँदै प्रधानमंत्री परिवर्तन गर्नु कत्तिको उचित हो त? मतदाताहरुले आगामी चुनावमा यस कुराको निर्णय त गर्नेनै छन्।

थप सामाग्री:

Share
Published 25 August 2018 7:48am
Updated 26 August 2018 6:10pm
By Sameer Ghimire

Share this with family and friends